भाषाशास्त्री चूडामणि गौतमको निधन

काठमाडौं, फागुन १३ । भाषा र व्याकरण क्षेत्रका मूर्धन्य विद्वान् चूडामणि गौतमको ८१ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला रोगबाट पीडित उनको मेडिसिटी अस्पतालमा सोमबार निधन भएको हो। २००० साल असोज १ गते तेह्रथुममा जन्मिनुभएका गौतम ‘ग्रामर गुरु’का रूपमा परिचित छन्।

नेपाली र अङ्ग्रेजी व्याकरणका सिद्धहस्त उनका दर्जनौँ पुस्तक प्रकाशित छन् ।नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिसन एण्ड प्रोनाउन्सेसन, राम्रो अंग्रेजी बोलचाल अभ्यासलगायत नेपाली र अङ्ग्रेजी व्याकरणसम्बन्धी पुस्तक चर्चित छन्।

सोमबार नै पशुपति आर्यघाटमा गौतमको अत्येष्टि गरिएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

Related posts