जय किसान बहुप्राविधिक शिक्षालयको सप्ताहव्यापी विविध कार्यक्रम

रौतहट। रौतहटको देवाही गोनही नगरपालिका वडा नं. ९ स्थित जय किसान बहुप्राविधिक शिक्षालयले सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गरेको छ। २०७३ सालमा देवाही गोनाही नगरपालिका-९, धरहरीमा स्थापना भएको यस बहुप्राविधिक शिक्षालयले प्राविधिक शिक्षाको महत्त्वलाई उजागर गर्दै विभिन्न गतिविधिहरू सम्पन्न गरेको हो।

आजको युगमा प्राविधिक शिक्षाको विशेष महत्त्व रहेको छ। देशका सबै पालिकाले प्राविधिक शिक्षालाई जोड दिनु आवश्यक छ, जसले युवालाई सीपमूलक रोजगार प्रदान गर्न सक्छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) मार्फत यहाँ विभिन्न सेवाहरू जस्तै आईटी, सिभिल इन्जिनियरिङ, तथा कृषि बाली विज्ञान प्रवाह गरिन्छ।

शिक्षालयले आफ्नो ३७औँ वार्षिकोत्सवको अवसरमा सरसफाइ, वृक्षारोपण, बैंडमिन्टन, भलिबल, म्यूजिकल चेयर, निबन्ध प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता तथा सप्ताहव्यापी क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो। क्रिकेट प्रतियोगितामा प्रथम स्थान इन्फर्मेशन टेक्नोलोजी विभागले प्राप्त गर्‍यो भने दोस्रो स्थान कृषि बाली विज्ञान विभागले प्राप्त गर्‍यो। गत फाल्गुन ७ गतेदेखि क्रिकेट प्रतियोगिता, कबड्डी प्रतियोगिता, बैंडमिन्टन, भलिबल, म्यूजिकल चेयर, निबन्ध प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, सामान्य ज्ञान प्रतियोगिता तथा अन्य खेलकुद कार्यक्रम सञ्चालन भएका थिए।

म्यूजिकल चेयर प्रतियोगितामा छात्रा तर्फ निसा दास, मञ्जु शाही र चाँदनी सहनी सहभागी थिए। सिभिल विभागको चौथो सेमेस्टरमा अध्ययनरत छात्र लुकमान शेख प्रथम भए। सोही विभागमा अध्ययनरत शेख इमरानले दोस्रो स्थान प्राप्त गरे भने दिपक सहनी तेस्रो स्थानमा रहे। छात्र समूहतर्फ इन्फर्मेशन टेक्नोलोजी विभागको पहिलो वर्षकी छात्रा कञ्चन राउतले पहिलो स्थान प्राप्त गरिन् भने अर्जुन यादव दोस्रो स्थानमा रहे। कृषि बाली विज्ञानमा पहिलो वर्षको पहिलो सेमेस्टरमा अध्ययनरत निसा दास प्रथम भइन्, मञ्जु शाही दोस्रो स्थानमा रहिन् र चाँदनी सहनी तेस्रो स्थानमा आइन्। सिभिल विभागतर्फ प्रथम वर्ष, पहिलो सेमेस्टरका छात्रहरूले प्रथम स्थान प्राप्त गरे भने तेस्रो वर्ष, दोस्रो सेमेस्टरका छात्रहरूले दोस्रो स्थान प्राप्त गरे।

कार्यक्रममा प्रमुख अतिथि ई. धनोज कुमार यादव, जय किसान बहुप्राविधिक शिक्षालयका प्रमुख रहेका थिए। विशिष्ट अतिथिमा प्रशासन कार्यालयका प्रशासन सहायक शिला यादव र सन्तोष यादव,शिक्षा प्रमुख तथा ४६ भन्दा बढी माध्यमिक विद्यालयका प्रधानाध्यापक उपस्थित थिए। सिभिल विभागका प्रमुख ई. नन्द किशोर राय र आईटी विभागका प्रमुख जितेन्द्र साहलाई उत्कृष्ट कर्मचारीको रूपमा दौरा ओढाएर सम्मान गरियो। कार्यक्रममा सूचना प्रविधि विभागीय प्रमुख सर्वेश कुमार पाठक, विशाल मल्लिक, रामानन्द यादव, भोला राय यादव, रीता कुमारी साह, रुपेश यादव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नन्द किशोर रायले गरेका थिए।

Related posts