महाशिवरात्री अवसरमा मन्दिर स्थापना संगै पुजापाठ

बाजुरा , फागुन १४ । जिल्लाको पुर्वी क्षेत्रमा हिमाली गाउँपालिका पहिलोपटक महाशिवरात्री अवसरमा मन्दिर स्थापना संगै पुजापाठ गरेका छन । प्रधानमन्त्री रोजगार अन्तर्गत ५० दिने युवा रोजगार तालिम श्रमदान गरेर पालिका भित्र शिव भगवान मन्दिर निर्माण गरेको हो । आज सोही महाशिवरात्री पुजाको अवसरमा पहिलोपटक भव्य पुजापाठ मेला गरेका छन । मन्दिर निर्माण शिव भगवान मुर्ति सहित बाजागाजा गरेर भित्र्याएको हिमाली गाउँपालिका प्रबक्ता भिमानन्दा पाण्डेले बताउनुभयो ।

उहाँले बताउनुभयो , “नेपाल तथा भारतका धर्मगुरु, विद्वान, धार्मिक व्यक्तित्व तथा सयौं श्रद्धालु भक्तजनको सहभागितामा शिव मन्दिरमा पुजा गरेको छ । यस अवसरमा धार्मिक प्रवर्द्धन गर्ने उद्देश्यसहित शिवशक्ति पूजापाठ स्थानीय लगायत धुलाचौर बासी पुजा गर्ने घुइँचो लागेको थियोे । हिन्दू धर्मावलम्बीहरूका लागि विशेष श्रद्धा र आस्थाको केन्द्र रहिआएको छ ।” धार्मिक क्षेत्रलाई अयोध्यासँग तुलना गर्दै, हिन्दू धर्मको मौलिकता जगेर्ना गर्ने अभियानस्वरूप विशेष धार्मिक अनुष्ठान सम्पन्न गरिने बताइएको छ।

“विशेष गरी पितृपक्षको समयमा यहाँ पितृमोक्षका लागि गरिने तर्पण, श्राद्ध तथा पूजाआर्जन महत्वपूर्ण मानिन्छ । यस वर्षको महाशिवरात्रि तथा पितृपक्षलाई विशेष बनाउँदै, हिमाली गाउँपालिकामा पहिलोपटक महाशिवरात्री भगवान पुजापाठ गरेर मनाउने गरेको छ ।” महाशिवरात्री अवसरमा धार्मिक अनुष्ठान, कथा वाचन, प्रवचन, हवन, महायज्ञ, आरती तथा सामूहिक पूजा जस्ता गतिविधिहरु गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले बताउनुभयो , “समाजलाई धार्मिक सद्भाव, नैतिकता तथा आध्यात्मिक चेतनाले भरिपूर्ण बनाउनका लागि हिन्दू धर्मगुरुहरूले प्रवचन दिने कार्यक्रम गरिएको छ । भारतको अयोध्या तथा नेपालका विभिन्न धार्मिक क्षेत्रहरूबाट ख्यातिप्राप्त विद्वान गुरुहरूको आगमन भएर भक्तजनहरूले धार्मिक ज्ञान हासिल गर्ने अवसर प्राप्त गरेका छन ।” यसले सामाजिक, धार्मिक तथा सांस्कृतिक मूल्यमान्यताको संरक्षण गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

नेपाल तथा भारतका श्रद्धालुहरू बीच धार्मिक एकता बढाउन, परम्परागत मान्यता जोगाउन र धार्मिक प्रवर्द्धन गर्न महत्वपूर्ण हुने भएको अध्यक्ष मल्लले बताउनुभयो ।

Related posts