झापा । इलाममा एकजना मृत फेला परेका छन् । बिहीबार बिहान ९ः२५ बजे इलाम रोङ– ५ इरौटार बस्ने वर्ष ४० का लालबहादुर सुनुवार भनिने बसन्त सुनुवार मृत फेला परेका हुन् ।
इलाम– ९ फुलगाछी बस्ने गणेश घिमिरेको घरमा भाडामा बस्दै आएका सुनुवार कोठाभित्र चुकुल लगाई मृत अबस्थामा फेला परेका थिए । प्रहरी टोली पुगेर ढोका फोरेर हेर्दा मुखबाट रगत निस्केको अबस्थामा सुनुवार ओछ्यानमा मृत भेटिएको प्रहरीले जनाएको छ ।






