रौतहटमा पूर्वप्रधानमन्त्री प्रचण्डलाई ११० किलोको माला

रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई रौतहटमा ११० किलोको फूलको माला लगाएर स्वागत गरिएको छ।

जनतासँग माओवादी: तराई मधेस जागरण अभियान अन्तर्गत शुक्रबार साँझ रौतहट पुगेका प्रचण्डलाई शनिबार परोहा नगरपालिका लौकाहा चौकामा आयोजित कार्यक्रममा पार्टी कार्यकर्ताहरूले ११० किलोको फूलको माला लगाएर स्वागत गरेका हुन्।

उक्त अवसरमा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा  पम्फा भुसाल, महेन्द्र राय यादव, मातृका प्रसाद यादव, लगायत अभियानका नेताहरूको उपस्थिति रहेको थियो।

 

Related posts