बुढिनन्दा क्याम्पसकाे स्ववियु सभापतिमा भास्कर शाही निर्विरोध चयन

बाजुरा , फागुन २७ । बाजुराको बुढीनन्दा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । बुढिनन्दा नगरपालिकाको कोल्टीमा रहेको बुढीनन्दा क्याम्पसकाे स्ववियु सभापतिमा अनेरास्ववियुका भास्कर शाही निर्विरोध चयन भएका हुन् ।

त्यस्तै क्याम्पसको स्ववियु सचिवमा नेविसंघका रमेश बुढा लगायत नेतृत्व सर्वसम्मत चयन भएको जनाएको छ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभर उम्मेदवारी मनोनयन चलिरहेका बेला सो क्याम्पसमा भने सर्वसम्मत भएको हो ।

Related posts