माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा रुपन्देहीको जमुहानी पोखरा ताल पार्कको शिलान्यास

स्थानीय ,प्रदेश र सङ्घले जसले जहाँ विकास निर्माणको काम गरे पनि स्थानीयहरूले अपनत्व हुने गरी गर्नु पर्ने उनको भनाई थियो । सो अवसरकार ताल संरक्षण समितिका अध्यक्ष एव ओम तिया गाउँपालिका वार्ड ६ का अध्यक्ष शिव कुमार धवलले ऐतिहासिक ठाउँ पार्क निर्माण आन्तरिक पर्यटन भित्राउने उद्देश्य रहेको बताएका थिए । प्रचण्ड आज दिनभर विभिन्न रुपन्देही कार्यक्रम सहभागी हुने छन् । त्यसपछि अध्यक्ष प्रचण्ड बुटवल उपमहानगरपालिकाको समन्वयमा ज्योति नगर पहिरो क्षेत्रको निरीक्षण गर्नेछन्। 

पछिल्लो समय बुटवलका पहिरो ग्रस्त स्थानमा ज्योति नगर पहिरोका कारण स्थानीयवासी समस्यामा परेका छन्, जसको स्थलगत निरीक्षण गरी आवश्यक समाधानका उपायहरूबारे स्थानी तह सँग समन्वय गरिने जनाएको छ । 

 

Related posts