सबै भन्दा बढी चन्द्रौटा, तौलिहवा र पिपरामा मानिस र मोटरसाइकल कारबाहीमा परेको उनले बताए । नियन्त्रणमा लिइएका व्यक्ति र सवारी साधनलाई ट्राफिक नियम अनुसार कारबाही गरिएको उनले बताए । सम्भावित घटना र दुर्घटना रोक्न नै प्रहरीले होलीमा यो अभियान चलाएको बताए ।
होली आउन १५ दिन देखि नै आफूहरूले मादक पदार्थ सेवन गरी सवारी नचाउन, २ जना भन्दा बढी नराख्न सूचना जारी गरेको उनले बताए । अटेर गर्नेलाई कारबाही गरिएको उनले बताए । होलीका अवसरमा जिल्लामा अप्रिय घटना भने नभएको प्रहरी उपरीक्षक निरंजनदत्त भट्टले बताए ।
नियन्त्रण लिइएका व्यक्तिलाई कसुरको मात्र हेरी कारबाही गरिने उनले बताए ।






