नवलपरासीको सुनवलमा रहेको लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले बुझाए डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् बक्यौता

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा रहेको लक्ष्मी स्टीलले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् खपतको बक्यौता महसुल तिर्न थालेको छ। 

२३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टीलले शुक्रबार पहिलो किस्ताको ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले बताए। उद्योगले २८ किस्तामा बक्यौता तिर्ने भएको छ।

त्यस्तै, सुनवलमै रहेको सर्वोत्तम सिमेन्टले पनि बक्यौताको दोस्रो किस्ता बुझाएको छ। २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता गरेको उद्योगले शुक्रबार दोस्रो किस्ताको ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो। यो उद्योगको बक्यौता ११ करोड ९६ लाख रुपैयाँ छ।

Related posts