काठमाडौं, चैत ९। पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली मन्दिरमा पूर्जा अर्चना गरेका छन्। शनिबार गोरखा पुगेका शाहले गोरखकाली मन्दिर पुगेर त्यहाँ करिब दुई घन्टा पुजाअर्चना गरेका हुन्।
पूर्वराजा गोरखा पुग्दा त्यहाँ शिवसेना र राजावादीहरुको स्वागत गरेका थिए। उनको स्वागता तनहुँको आबुखैरेनिदेखि गोरखा बजार हुँदै गोरखा दरबारसम्म मोटरसाइकल र्याली निकालिएको थियो।






