घर नजिकको गोठमा भैँसीहरू सार्ने क्रममा चट्याङ पर्दा गगन बेहोस भएका थिए। स्थानीयले उनलाई तुरुन्त दुल्लू अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरे।
गगन चैत १२ गते हुने विज्ञान विषयको एसईई ग्रेडवृद्धि परीक्षाका लागि घर आएका थिए। सोही बेला चट्याङ लागेर उनको ज्यान गएको हो।






