काठमाडौँ, चैत १० । साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो ।महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो ।






