सिरहामा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा छुटे

 

स्रेस्तेदार नीरज पोखरेलका अनुसार जातीय भेदभाव र छुवाछूतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। शुक्रबार थुनछेक बहसपछि यस्तो निर्णय भएको हो। अदालतले वैशाख १९ गते हाजिर हुन निर्देशन दिएको छ। चैत १७ देखि महायज्ञ लगाउने भन्दै औरही–५ का दलित दीपक मलिक (डोम) को घर गत फागुन १० मा भत्काइएको थियो। 

महायज्ञ आयोजक समितिका अध्यक्षसमेत रहेका जसपा जिल्ला सदस्य शिवजी यादव र समितिका सचिव दिलीपकुमार यादव चैत ८ मा पक्राउ परेका थिए। दलित परिवारको घरमा डोजर चलाउन निर्देशन दिने महायज्ञका मूल पुजारी बजरंगी बाबा भने अझै फरार छन्। 

Related posts