सोमबार बसेको मन्त्रिपरिषद् बैठकले म्यानमारका पीडितहरूको सहयोगका लागि तत्काल राहत पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
मन्त्री गुरुङका अनुसार, भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको म्यानमारलाई मानवीय सहायताको रूपमा आवश्यक राहत सामग्री पठाइनेछ।
म्यानमारमा गएको भूकम्पको क्षतिको पूर्ण विवरण अझै प्राप्त भइनसके पनि नेपालले प्रारम्भिक सहयोगको प्रतिबद्धता जनाएको हो।






