मिश्र र राणाको रिहाइबारे छलफल गर्न राप्रपाकाे बैठक जारी

काठमाडौँ, वैशाख  ४। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय पार्टी कार्यालय, धुम्बाराहीमा जारी छ।

बैठकमा तीनकुनेको प्रदर्शनका क्रममा प्रकाउ परेका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित नेता र कार्यकर्ताहरूको रिहाइको विषयमा छलफल भइरहेको छ।

चैत १५ गते तीनकुनेमा राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए। प्रदर्शनमा भएको हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये ८२ जना प्रहरी अनुसन्धानमा छन्।

Related posts