सीमाक्षेत्रमा चरेस, ब्राउन सुगर र सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरी निरीक्षक गौतमको सक्रियाता

सुनसरी । सुनसरी जिल्लाको बेलाहा सीमावर्ती क्षेत्रमा फेरि एकपटक लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। भारतको बेलाहाबाट नेपाल छिर्न खोज्दै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) लौकही अन्तर्गतको फर्वार्ड पोस्ट ईसरायत्तबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

photo 2025 04 20 07 36 42

उक्त टोलीले चेकजाँचका क्रममा चरेससहित दुई युवकलाई मोटरसाइकलबाटै पक्राउ गरेको हो।प्रदेश १–०३–००१ प २७४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार ईनरुवा नगरपालिका–२ निवासी २६ वर्षीय सुदिप न्यौपाने र २५ वर्षीय नविन अलीको साथबाट कालो प्लास्टिकमा बेरेर राखिएको २.६० ग्राम तौलको चरेस फेला परेको सशस्त्र प्रहरी निरीक्षक नारायण प्रसाद गौतमले जनाएको छ।

Related posts