कवितको शिर्षक सिर्जनात्मक पुस्तकको मौनता

याम बहादुर थापा मगर

 

सिर्जनात्मक पुस्तकको मौनता

२३ अप्रिल हरेक वर्षको मितिमा अक्षरको उत्सव हुन्छ,

जुन दिन शेक्सपियर र लेखक गारसिलासो डेला भेगा मौन भए,

 तर डेला भेगाले कोरेका शब्दहरू अमर भए।
युनेस्कोले १९९५ मा यो मौनतालाई उत्सव बनायो

लेखकको कलमलाई सम्मान, पाठकको दृष्टिलाई दिशा।

कहिले मिग्वेल डी क्रेभान्टेसको सम्झनामा अप्रिल ७ मा मैनबत्ती बालिन्थ्यो,

अहिले त्यो ज्योति २३ अप्रिलमा सल्किन्छ ।
पुस्तकको गन्ध, पुरानो कागजको सुस्केरा,

त्यहीँबाट जन्मिन्छ ज्ञानको नयाँ युग।

तर अहिले,
पढ्नुपर्ने हातहरू स्क्रिनमा थिचिएका छन्,
नयनहरू कथा होइन, स्टोरी हेर्छन् २४ घण्टा भित्रै हराउने।
किताब अब ‘दराजको सजावट’ बनेको छ,
उपहारमा फूल दिइन्छ, तर अक्षर होइन।

नेपालमा पनि पुस्तक किन्ने हैन, ‘सारांश’ खोज्ने बानी छ।
पढ्नुभन्दा पोस्ट गर्न सजिलो लागेको छ,
समीक्षा होइन, छोटा छोटा ‘रिल’ बनाइन्छ।

तर अझै पनि कोही छन्,
जो किताबको खोल फुकालेर सुगन्ध सुँघ्छन्,
आँखा बन्द गरेर अक्षर चाख्छन्।
जो उपहारमा किताब दिँदा मुस्कान खोज्छन्।

पुस्तक बजारहरू छन्—थोरै तर जीवन्त,
जुन किताब बोल्दैन, तर मन गहिरोसँग छुन्छ।

आज, यो दिवसमा,
फेरि सम्झनुपर्छ—किताब मौन हुन्छ, तर कहिल्यै चुप लाग्दैन।
यो एउटा यस्ता साथी हो,

स्थायी साथी हर व्यत्तिले बनाउनु पर्ने हो ।
जो समय

भन्दा पर जान्छ, प्रवृत्तिभन्दा गहिरो पुग्छ।

पुस्तक—शब्दको आत्मा, अनि आत्माको यात्रा

मानव जिवनमा निरन्तरता बनाउनको लागि

पढनु पढनु र फेरी पढनु बाहेक विकल्प छैन ।

 

अप्रिल २५ २०२५ विश्व पुस्तक दिवसको सन्दर्भमा लेखिएको कविता हो  ।

बागलुङ नगरपालिका १० भकुण्डे धौलचउर बागलुङ

९८४७६५७३००

Related posts