सिंहदरबार प्रवेश पास नदिएपछि भाँडियो शिक्षक-सरकार वार्ता

काठमाडौँ ।  शिक्षा मन्त्रालयमा वार्ताका लागि गएका शिक्षकका प्रतिनिधिलाई सिंहदरबारको गेट पास नदिएपछि मन्त्री र शिक्षकको वार्ता भाँडिएको छ।  यसअघि शिक्षा मन्त्रालयले वार्ताका लागि २५ जना आउने र उनीहरूलाई प्रवेश पास उपलब्ध गराउन भन्दै  पत्र सार्वजनिक गरेको थियो। तर शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने उक्त नामहरू मन्त्रालय आफैँले तयार पारेको बताएका छन्।  

‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय नामावली ने शि महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं,’ उनले भनेका छन्, ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ।’

अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानुभाइ कार्कीले भने सिंहदरबार प्रवेश पास नपाएपछि फर्किएको बताए।

Related posts