“गजल” :डम्बर थामी ‘अनुपम´

घाम डुबेपछि साँझको तारामा आयौ
ईन्द्र कमल फक्रीएको पारामा आयौ

मैले खोजी रहेँ कन्दराका कुवाहरूमा
तर तिमी झरिरहने धारामा आयौ

मन, वचन र कर्मले आफ्नै ठानेथें
किन तिमी त अर्कैको ईशारामा आयौ

जिन्दगीको सहारा मैरै बन्छु भन्थ्यौ
तिमी आफैं पो कसैको सहारामा आयौ

चुनौतीका नदीहरू आफैं तार्छु भन्थ्यौ
भंगालोमा परेपछि किनारामा आयौ

✍️डम्बर थामी ‘अनुपम’
०२ चैत्र, २०७७

“गजल”

तासि बल्ल सैनिक हुन्छ, देशको कसम खाएपछि
देश बल्ल सुरक्षीत हुन्छ, देशभक्ति जगाएपछि

भौतारिंदै हिंड्दै तिमीले, सुख सयल खोज्नु हुन्न
लाख हुन्छ, करोड हुन्छ, आमाको काख पाएपछि

विधिको विडम्बना पनि, यस्तै हुन्छ हाम्रो देशमा
बोक्रा सहित खान्छ केरा, नपाउनेले पाएपछि

काला पत्थरको कालो कालो, त्यो पहाडलाई हेर
काला पत्थर हिमाल बन्छ, हिउँको टोपी लाएपछि

✍️डम्बर थामी ‘अनुपम´
०६ बैशाख,२०७८

Related posts