धनकुटामा बस दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइतेको (विवरणसहित)

धनकुटा, बैशाख २२ । सुनसरीको धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रु वाहक बस सोमवार बिहान धनकुटा-६ स्थित गोठगाउँमा दुर्घटना हुँदा एकजना यात्रुको मृत्यु भएको छ । यस्तै १४ जना यात्रु घाइते भएका छन्।

को १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। धनकुटा बजारबाट करिब ३ किलोमिटर नजिक सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका ६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेल रहेको प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

उनको धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य घाइतेहरूको जिल्ला अस्पताल तथा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उनले जानकारी दिए।

घाइतेहरूको विवरण:
सुर्यमणी तामाङ, वर्ष २०, षडानन्द नपा–१३, भोजपुर
अनमोल तामाङ, षडानन्द नपा–१३, भोजपुर
कृष्ण राउत, वर्ष ४८, बराहक्षेत्र नपा–२, सुनसरी
रुद्र तामाङ (बस चालक), वर्ष ५१, धरान उपमहानगर–१३, सुनसरी – धरान रेफर
गंगा प्रसाद सापकोटा, वर्ष ८०, पौवादुम्बा गापा–३, भोजपुर – धरान रेफर
सविना बराइली, वर्ष २४, भोजपुर नपा–११
देवी विक, वर्ष ६०, भोजपुर नपा–११
हंश वहादुर राई, वर्ष ६०, साँगुरीगढी गापा–६, धनकुटा – धरान रेफर
पुर्ण माया तामाङ, वर्ष ५१, षडानन्द नपा–११, भोजपुर
आयुष राई, वर्ष १७, इटहरी उपमहानगर–४, सुनसरी
धन कुमार विक, वर्ष ३४, धनकुटा नपा–६
लिला बहादुर श्रेष्ठ, वर्ष ५८, भोजपुर नपा–११ – धरान रेफर
दिर्घ माया राई, वर्ष ६०, साँगुरीगढी गापा–६, धनकुटा
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Related posts