काठमाडौ । एमाले नेता तथा पूर्व वनमन्त्रीसमेत रहेका प्रेम आलेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएका छन्। आलेले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई बधाइ दिएका हुन्।
यसअघि प्रधानमन्त्रीमा देउवा नियुक्त भएलगत्तै आले उनको निवास बूढानीलकण्ठ पनि पुगेका थिए। आफूलाई मन्त्री बनाइदिने भए आफूले विश्वासको मत दिने उनले त्यो भेटमा देउवालाई भनेको चर्चा चलेको थियो। विश्वासको मतका लागि सांसद आवश्यक भएकाले देउवाले पनि यसलाई सकारात्मक रुपमा नै लिएका थिए।
त्यसपछि उनले देउवालाई विश्वासको मत समेत दिएका थिए। स्रोतका अनुसार फेरी उनले बालुवाटारमा प्रधानमन्त्री देउवालाई बधाई दिँदै आफूलाई जिम्मेवारी दिन आग्रह गरेका छन्। उनले जिम्मेवारी पाएमा निष्ठापूर्वक पूरा गर्ने बताएका छन्।






