दोहा । मैथिली गित सङ्गितका चर्चित कालाकार( गायक) सन्नु कुमार मण्डल कतार आउने भएको छ।
ईस्लाम धर्मावलम्बीहरुको महान पर्व वक्रईदको सुखद अवसरमा अगामी जुन ६ तारिक बेलुकी ६:३० बजेदेखि सनैयास्थित ग्राण्ड मल्लमा हुन लागेको म्युजिकल हङ्गामामा आफ्नो प्रस्तुति दिन गायक सन्नु कुमार कतार आउन लागेका हुन।
रामी प्रोडक्सन ईन्टरनेशनको आयोजनामा हुने कार्यक्रममा गायक मण्डल सङ्गै, पल शाह, स्वस्तिमा खड्का ,अनमोल केसी ,भुवन केसी ,अस्मिता अधिकारी, भोजपुरी सुपर स्टार खेसारीलाल यादव, अमरपाली दुबै लगायतको कालाकारहरुको प्रस्तुति रहने बताएको छ।






