काठमाडौँ । चैत्र १५ गतेको तीनकुने घटनाका प्रतिवादीहरूसँग काठमाडौँ जिल्ला अदालतमा बयानसुरु भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पक्राउ परेका दुर्गा प्रसाईंसहितका बन्दीहरूसँग सोमबार बयान लिन थालिएको हो।
राज्यविरुद्धको कसुरका प्रहरी नियन्त्रणमा रहेका ५० जनाको बयान र थुनछेक कार्कीको इजलासमा भइरहेको हो।
भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान र थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा सुरु भएको छ।
काठमाडौँ सरकारी वकिलको कार्यालयले आइतबार राज्यविरुद्धको कसुरमा ५० जनाबिरुद्ध र भाटभटेनी लुटपाटमा संलग्न ११ जना बिरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता गरेको हो।






