कांग्रेस पूर्वसांसद अफताब आलमलाई उच्च अदालतले सफाइ दियो

वीरगञ्ज । बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोप लागेका कांग्रेसका पूर्वसांसद अफताब आलमलाई उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासले सफाइ दिएको छ।

जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासले सफाइ दिएको रजिष्ट्रार दीपक भण्डारीले जानकारी दिए। उक्त सफाइको लिखित फैसला भने आइनसकेको उनले बताए।

Related posts