आजदेखि नारायणहिटी क्षेत्रमा ३९ दिनसम्म निषेधाज्ञा

काठमाडौं । काठमाडौं प्रशासनले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा आज (शनिबार)देखि ३९ दिनसम्म निषेधाज्ञा जारी गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यही जेठ १७ देखि २४ गतेसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिए। उनका अनुसार केशरमहल चोकबाट नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेटसम्म निषेधको आदेश गरिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को  दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला सुरक्षा समिति काठमाडौ‌ंको सिफारिसका आधारमा यसअघि तोकिएका निषेधका क्षेत्रका अतिरिक्त उक्त आदेश जारी गरिएको उनले बताए।

Related posts