भूमिहीनको हातहातमा निस्सा

बाजुरा , जेष्ठ १९ । बाजुरा जिल्लाकाे पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – १ मा भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण गरिएको छ । हिमाली गाउँपालिको आयोजनामा जिल्ला भुमि आयोग बाजुराको समन्वयमा भूमिहीन २५ जनालाई निस्सा वितरण गरेको हिमाली गाउँपालिका १ का वडा अध्यक्ष मंगल बुढाले बताएका छन् ।

अनुसुचि दलित भूमिहिन र अब्यबस्थित लागत संकलन सम्बन्धि निकाय कार्यविधि २०८१ को दफा ९ खण्ड ‘घ’ को अनुसूची ६ अनुसार निस्सा वितरण गरेको छ । वडा सहजीकरण समिति समेत गठन गरिएकाे छ । धेरै लामो समयपछि दुर्गम गाउँमा जग्गा कमाई रहेका मान्छेहरूलाई अस्थायी जग्गाका लागि निसा वितरण हुँदा गाउँका सर्वसाधारण खुशी भएका छन । गाउँपालिका १ र ३ का वडालाई अहिले निसा उपलब्ध गराएका हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन ।

कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, जिल्ला आयोगकाका अध्यक्ष जनक रोकाया, वडा अध्यक्ष जोख्या भण्डारी, अमिन मनिराम सापकोटा, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अमलाल कार्की सहित स्थानीयहरुको उपस्थितिमा अस्थायी निस्सा वितरण गरिएकाे छ ।

Related posts