मनु गुरुङ
बुटवल । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिको आयोजनामा बेसक्याम्प गुम्बामा मा दिदीबहिनी दाजुभाइहरुका लागि ७ दिने मादल बजाउने तालिम बिहिबार सम्पन्न भएको छ ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिको सहयोगमा तालिम सम्पन्न भएकाे हाे । समापनको दिन प्रशिक्षार्थीहरुले आफै मादल बजाइ राष्ट्रिय गान गाएका थिए
कार्यक्रममा प्रमुख अतिथी तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद प्रदेश प्रमुख झपड बहादुर गुरुङले राखिएको तालिम प्रभावकारी बन्ने आशा व्यक्त गरे । उनले सिकेको सीपलाई निरन्तररुपमा अगाडि बढाउन अनुरोध गर्दै आगामी दिनमा तालिमलाई पेसासँग जोड्न आग्रह गरे ।

कार्यक्रममा ४५ जना महिला पुरुष सहभागिता रहेकाे थियो । तालिम ७ दिनसम्म सचांलन भएकाे थियो ।कार्यक्रममा बिशिष्ट अतिथि लाल बहादुर गुरुङ्गले सम्पुर्ण गुरुङहरुलाई आफ्नो भाषा, शिक्षा र सस्कृति प्रति सबै जागरुक हुन जरुरी रहेको र नगरपालिका सबै स्थानीय तहको सरकारमा प्रपोजल पेश गरेर आउदो ०८२/८३ को बार्षिक बजेटमा पर्ने गरी सबै तालिमको ब्यवस्था गर्न प्रतिबद्ध ब्यक्त गरे ।
कार्यक्रममा प्रगति नगर इकाइका अध्यक्ष कुल बहादुर गुरुङ्गले गुरुङ जातिमा रोधी, घाटु, मारुनी नाचमा मादलको निकै महत्व रहेको र ७ दिनको तालिम सिकाइलेले मात्र पर्याप्त छैन फेरी पनि यस्ता तालिम धेरै समयको ल्याएर यो सिकाइलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउनु पर्ने बताए।
तालिममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिका अध्यक्ष बुद्धि प्रसाद गुरुङले प्रमाण पत्र वितरण गरेका थिए । उपाध्यक्ष बिर बहादुर गुरुङले यस ७ दिनको मादल बजाउने तालिम असाध्यै राम्रो काम र यसबाट केहि न केहि कुराको ज्ञान त पक्कै गर्नुभएको छ भन्दै सबैमा हृदयदेखि शुभकामना दिए।
कार्यक्रमा नि बर्तमान अध्यक्ष विमल गुरुङ, जिल्ला उपाध्यक्ष आशा गुरुङ, तमु ह्युल छोंज धीं लुम्बिनी प्रदेश अध्यक्ष होम माया गुरुङ, केन्द्रीय आर्थिक सल्लाहकार बिशिष्ट अतिथि बाल नर्सिङ गुरुङ व्यक्तिहरुको सहभागिता रहेको थियाे ।

सात दिने तालिममा नृत्य निर्देशक सघं प्रदेशका अध्यक्ष प्रशिक्षक लोकेन्द्र शाहले प्रशिक्षण दिएका थिए। तालिममा प्रशिक्षणहरुले निकै जोस जाँगरका साथ सिकेको र यस सिकाइलाई निरन्तर लैजान सकेमा यसको नतिजा पनि राम्रो हुनेछ भन्दै टिम बनाएर बेला बेलामा सिक्ने र नबुझेको कुरा जुनै पनि बेला सोधे सिकाउने बाचा गरेका थिए।
कार्यक्रममा सहभागी प्रशिक्षार्थी सम्झना गुरुङले यस कार्यक्रममा सहभागी हुन पाउँदा निक्कै खुशी लागेको बताईन। यसबाट धेरै कुराको जानकारी भएको र संगीत के हो बल्ल थाहा भयो सिकाइ, कला जहिले पनि जिबनमा काम लाग्ने कुरा हो टोल छिमेकमा पकै लागु गर्नेछौ भन्दै नगर टिमलाई धन्यवाद दिईन ।
७ दिनसम्म चलेको कार्यक्रममा बुटवल उपमहानगर समितिका सचिव सुन्दर गुरुङले सहजीकरण गरेका थिए ।कार्यक्रम सञ्चालन उमा गुरुङले गरेका थिए । बिण्णु गुरुङक सयोंजकत्वमा तालिम भएको थियो।






