बाली नोक्सानको नाममा बाख्रा थुनेर वर्षौँदेखि पैसा असुल्दै, ननु यादवको घरमै अवैध कान्जी हाउस

लहान । सिराहा सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर २ सोठिआइनमा ननु यादवले कुनै कानुनी आधार, दर्ता र तोकिएको स्थानबिनै वर्षौंदेखि ढाँठ (कान्जी हाउस) सञ्चालन गर्दै आएको खुलासा भएको छ। स्थानीयको भनाइअनुसार बाख्रा कसैको अन्नबालीमा नोक्सान पुगेको आरोपमा ती जनावर ननु यादवकै घरमा लगेर राखिन्छ। ढाँठको रूपमा प्रयोग गरिएको उक्त घर सरकारी रूपमा न त दर्ता गरिएको छ, न कुनै तोकिएको ठाउँमै रहेको छ।

बाख्राको धनी सँग प्रति बाख्रा २५० रुपैयाँ असुल्दै आएको आरोप ननु यादवमाथि लागेको छ। तर, त्यहाँ न ढाँठको संरचना छ, न कुनै बिलिङ प्रक्रिया, न त सरकारी अनुमति नै। समाजसेवी सुमेश यादव भन्छन्, न दर्ता, न प्यान, न बिलमा हस्ताक्षर। यस्तो कार्य तत्काल रोक्नुपर्छ र सम्बन्धित निकायले कारबाही गर्नुपर्छ।

स्थानीय वडाध्यक्ष तनुकलाल यादवले आफूलाई यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

Related posts