बाजुरा , जेठ २६ । जिल्लाको पुर्वी क्षेत्रमा पर्न्र हिमाली गाउँपालिकाले बाम्का बाजारमा आगलागीबाट पीडित परिवारलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेकोछ । बुढीगंगा नगरपालिका वडा नं. ०६ स्थित बाम्का बाजारमा जेष्ठ २३ गते सोमबार दिउँसो भएको एक भीषण आगलागिको घटनाप्रति हिमाली गाउँपालिका गहिरो दुःख व्यक्त गरेको छ ।
बाजुराको प्रदेश निर्वाचन क्षेत्र नं. ‘ख’ को एक महत्वपुर्ण व्यापारिक केन्द्र रहेको बाम्का बजारमा भएको आगलगिमा परि करिव दर्जनौ पसल र होटलहरु जलेर पुर्णरुपमा क्षेति पुगेको छ । यस दुःखद घटनाले स्थानिय व्यवसायिहरुको जीविकोपार्जनमा गम्भिर असर परेको छ ।
हिमाली गाउँपालिकाले पीडित व्यावसायी तथा प्रभावित परिवार प्रति गहिरो दुःख प्रकट गर्नुको साथै उनिहरुको तत्काल राहत, पुनःस्थापना तथा व्यवसाय पुनः सञ्चालनका लागि आवश्यक सहयोग गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई हार्दिक आग्रह गरेको छ ।
यस हृदयविदारक घटनाको शोकसन्तप्त अवस्थामा हिमाली गाउँपालिका विपद व्यवस्थापन समितिले गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको अध्यक्षतामा मिति जेठ २५ गते आपतकालीन बैठक बसी पीडित परिवारलाई लागि एक लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।






