निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठ बने देउवा सरकारको स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छन्।

देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेर जिम्मेवारी प्रदान गरेकी हुन् । श्रेष्ठ निजी विद्यालय सञ्चालक समेत हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा श्रेष्ठलाई संविधानको धारा ७६ को उपधारा ९ बमोजिम स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको हो।मन्त्रालयको मुख्य जिम्मेवारी प्रधानमन्त्री देउवासँगै रहने भएको छ।

नव नियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको सपथ अपरान्ह ५ वजे प्रधानमन्त्री कार्यलयमा हुने भएको छ।

Related posts