कामपाका नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन नगर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश जारी गरेको छ।

उच्च अदालत पाटनले उक्त निर्णय यथास्थितिमा राख्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो। बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको हो।

Related posts