इरानले आक्रमण गरेको कतारको अल उदेद एयर बेस कहाँ छ ?

काठमाडौँ । इरानी आक्रमण परेको अल उदेद एयर बेस कतारको राजधानी दोहाबाट करिब ५०–६० किलोमिटर टाढा, सलबा रोड नजिकै अवस्थित छ। सलबा रोडले दोहा र साउदी अरबको सिमाना जोड्ने मुख्य सडक हो।

यो एयर बेस शहरको भिडभाडबाट टाढा, पूर्ण रूपमा अलग रहेको सुविधा सम्पन्न क्षेत्र हो, जहाँ सामान्य नागरिकको कुनै सम्पर्क छैन।

यो बेस कतारी सरकारले सन् १९९६ मा निर्माण गरेको हो ।

Related posts