पेट्रोलियम पदार्थकाे मूल्य बढ्यो

काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाउने निर्णय गरेको हो।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ। हवाइ इन्धनमा पनि प्रतिकिलो लिटर ५१ डलर वृद्धि भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुने छ।

509327690 1363879731373609 4007834307372224968 n

Related posts