पुलबाट लडेर बाह्र वर्षीय बालकको मृत्यु

‎बाजुरा , असार २१ ।  बाजुरामा पुलबाट लडेर एक बालकको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–१ पारतोलाका गणेश भण्डारीका १२ वर्षीय छोरा विशालको पुलबाट लडेर मृत्यु भएको हो।

जगन्नाथ गाउँपालिका–१ पिलुचौर र भारती कसैडीको सीमानामा रहेको बड्डीगाडको बेलिब्रिजबाट उनी लडेका हुन। पुलबाट लडेर घाइते भएका भण्डारीलाई उपचारका लागि कोल्टी अस्पताल उपचारका लागि लगिएको थियो। तर, चिकित्सकले मृत घोषणा गरेका हुन्।

Related posts