मन्त्रीपरिषदको निर्णय : विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने

काठमाडौ । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न आयोजना सञ्चालन गर्न ऋण स्वरुप उक्त सहायता स्वीकार गर्ने निर्णय गरिएको बताउनु भयो ।

सरकारले राष्ट्र ऋण पाँचौँ संशोधन नियमावली, २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली, २०७८ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

Related posts