काठमाडौँ, साउन ६ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेसनल ल्यान्ड कभर म्याप २०२०र२०२२’ (राष्ट्रिय भू– ढकान नक्सा) आज राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गर्नुभएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

रासायनिक मलको अभाव हटाउन मन्त्रालयमा छलफल
२०८२ चैत्र १२ | मध्यान्ह ०४:१२ बजे
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने
२०८३ भदौ १२ | बिहान ०७:०५ बजे
झोला उद्योगबाट रोजगारी सृजना गर्दै तारादेवी
२०८२ अशोज ७ | मध्यान्ह १२:०६ बजे



वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्वारा प्रकाशित सो भूक्षेत्र नक्सा केन्द्रका निर्देशक डा राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जङ्गल कायम हुनुपर्ने बताउनुभयो । उहाँले वनबाट कमाउने अभियान र वनमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
सार्वजनिक भएको सो नक्सामा उल्लेख भएअनुसार देशभर जङ्गलको क्षेत्र ४६ दशमलव शून्य आठ प्रतिशत रहेको छभने बागमती प्रदेशमा ५८ दशमलव ६२ प्रतिशत रहेको छ ।