जिप दुर्घटनामा घाइतेलाई उद्वारका लागी प्रशासनलाई आग्रह

बाजुरा , साउन ८ । हिमाली गाउँपालिकाले जिप दुर्घटना परि घाइते भएका व्यक्तिलाई उद्वार गर्न  आवश्यक सहयोग गरिदिने अनुरोध गरिएको छ । जिल्ला हिमाली गाउँपालिका- ५ क्यूडी गाउँबाट धुलाचौर आउदै गरेको बा.प्र. ०३०००१ ज. ०३३८ नं. को बोलेरो जिव क्यूडी गाउँ नजिकै दुर्घटना भएको छ ।

‎जिप दुर्घटनामा भइ ३ जना व्यक्तिको घटना स्थलमा मृत्यु भएको र १५ जना व्यक्ति सिकिस्त घाइते भएकोले घाइतेको उद्धारका लागि हेलिकप्टर आवश्यक भएको हुदाँ जिल्ला प्रशासन कार्यालय बाजुरा द्वारा हेलिकप्टरको व्यवस्था गरी आवश्यक सहयोग गरि दिन हुन अनुरोध गरेको नि. प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर शाहीले बताउनुभयो ।

Related posts