किरात याक्थुङ् चुम्लुङ् युएईद्वारा सिसेक्पा तङ्ना येले तङ्बे ५०८५ सम्पन्न

IMG 20250725 WA0119

 

प्रवास यूएई/ जुलाई २० तारिक २०२५ आईतबारको दिन युएई को बरदुबई सहरमा किरात याक्थुङ् चुम्लुङ् युएई द्वारा सिसेक्पा तङ्नाम येले तङ्बे ५०८५ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतित्व कियाचु युएई अध्यक्ष श्री कमल बहादुर लावती ज्युले गर्नु भएको थियो । प्रमुख अतिथिको रुपमा आदिबासी जनजाती महासंघ युएईका बरिष्ठ उपाध्यक्ष श्री हरि मोक्तान ज्युको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजक कियाचु बरिष्ठ उपाध्यक्ष श्री पोबो थेबे सेमी ज्युले गर्नु भएको थियो । उक्त कार्यक्रममा युएईमा रहेका बिभिन्न लिम्बु जन्य संस्थाहरु, संघीय लिम्बुवान सामाजिक मंच युएई, अरुण पुर्बको जिल्ला संस्थाहरु, नेफिन युएईमा आबद्ध नेपाल मगर संघ शाखा युएई बाट आमन्त्रित अतिथि ज्युहरु तथा अन्य क्रियाशील संघ संस्था प्रमूख ज्यूहरूको उपस्थिति रहेको थियो ।

 

IMG 20250725 WA0120

औपचारिक कार्यक्रम महासचिब श्री मनिशा खाम्दाक ज्युले सञ्चालन गर्नु भएको थियो। भने अनौपचारिक कार्यक्रम सचिब श्री बुद्ध लिङ्देन ज्युले सञ्चालन गर्नु भएको थियो। प्रमुख अतिथि, सभापति, संयोजक, बिशेस अतिथि साथै सम्पुर्ण अतिथि ज्युहरु द्वारा दिप प्रजलन गरि कार्यक्रमको सुरुवात गरिएको थियो। दिप प्रजलन पश्चात नेपाली राष्ट्रिय गानामा सम्पुर्ण अतिथि ज्युहरु सरिक हुनु भएको थियो । सम्पुर्ण आमन्त्रित अतिथि ज्युहरुलाई स्वागत गर्दै कार्यक्रम संयोजक श्री पोवो थेबे ज्युले आफ्नो मन्तब्य द्वारा स्वागत गर्नु भएको थियो। संयोजक ज्युको स्वागत मन्तब्य पछि किरात याक्थुङ् चुम्लुङ् युएईका केःलाङ् कलाकार ज्युहरु द्वारा पुन सम्पुर्ण अतिथि ज्युहरुलाई लिम्बु संस्कारमा (लाम्दाक ) स्वागत गरिएको थियो ।कार्यक्रममा कियाचु युएईका सुझादाङ्बा ( सल्लाहकार ) श्री खड्ग पन्धाक ज्युले सिसेक्पा तङ्नामको ब्याख्य र बिशलेसन गर्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य ताप्लेजुङ् समाज युएईका अध्यक्ष श्री लोकेन्द्र पालुङ्वा, याक्थुङ सयङ सम्जुम्भोकी अध्यक्ष श्री बसन्ता थेबे ,किरात धर्म तथा साहित्य उत्थान संघ युएईकी अध्यक्ष श्री शिभरात्री नाल्बो ज्यु, युमा साम्यो महासभा युएईका अध्यक्ष श्री राम योङ्हाङ् बैदारे ठुले ज्यु, संघीय लिम्बुवान सामाजिक मंच युएईका अध्यक्ष श्री भिम अधिकारी थक्साङ् र अन्तिममा प्रमुख अतिथि नेफिन युएई बरिष्ठ उपाध्यक्ष हरि मोक्तान ज्युले राख्नु भएको थियो।

 

IMG 20250725 WA0122

सिसेक्पा तङ्नाम सिसेक्पा महिनामा पर्ने भएको हुनाले सिसेक्पा तङ्नाम भनिएर यो चाड्को नाम राखिएको भन्ने बिश्वास पनि छ । सिसेक्पा तङ्नामलाई बिशेस गरि अनिकाल खेदाउने पर्ब पनि भनिन्छ। सिसेक्पा तङ्नाम लाई साक नामा तङ्नाम पनि भनिन्छ। साक भनेको अनिकाल नामा भनेको लखेट्नु, कलाकार श्री हेम फोम्बो, कलाकारे श्री दुर्गा कुरुम्बाङ्, सार्जा क्षेत्रीय अध्यक्ष श्री खड्ग सिंजागो, सल्लाहकार श्री खड्ग पन्धाक ज्यु द्वारा थाल र नाङ्लो ठटाउदै साक्नाम पेरो हिङ्नाम तेओ (अनिकाल जा साहकाल आउ) भन्दै आनिकाल गयो है साहकाल आयो भन्दै थोरै बिधिगत रुपमा अनिकाल खेदाउनु भएको थियो ।

 

IMG 20250725 WA0124

कार्यक्रममा सभापति, प्रमुख अतिथि ज्यु र संयोजक ज्यु द्वारा आजीबन सद्स्य साथै प्रायोजक ज्युहरुलाई मायाको चिनो बितरण गरिएको थियो। किरात याक्थुङ चुम्लुङ केलाङ कलाकार ज्युहरुलाई मालिक प्रस्तुतीको लागि मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा याक्थुङ् समुदायको चेलीहरु जो कार्यसमिति बाहिर रहेर पनि कियाचु यूएईलाइ भौतिक नैतिक साथ सपोर्ट गर्दै आउनु भएको श्री निर्मला मेन्याङ्बो ज्यु र श्री सनिता निङ्लेकु ज्युलाई पनि मायाको चिनो प्रदान गरिएको थियो। किरात याक्थुङ् चुम्लुङ् युएईका संस्थापक सद्स्य श्री राजु (नारथ) फोम्बो लिम्बु ज्युलाई उहाको स्थापना काल्अदेखि अहिले सम्मको योग्दानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो। आउपचारिक कार्यक्रमको अन्त्यमा सभापति श्री कमल बहादुर लावती ज्युले मन्तब्य द्वारा औपचारिक कार्यक्रम समापन भएको घोसणा गर्नु भएको थियो।

IMG 20250725 WA0127

सांस्कृतिक कार्यक्रमको सुरुवात सांस्कृतिक कार्यक्रम सञ्चालक श्री दिनेश कुमार लिम्बु दावरा स्वागत गान प्रस्तुत गरेर भएको थियो । कोषध्यक्ष श्री श्रृजना लावती ज्यु र सद्स्य श्री दिनेश कुमार लिम्बु ज्युले सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नु भएको थियो। कलाकार श्री भारती सुब्बा, सुजता लिम्बु, मिलन बम्जन, सुरेश लामा, सुन्दर लिम्बु, एलिन लिम्बु, अम्बिका लिम्बु आदिको प्रस्तुती रहेको थियो। सम्पुर्ण कलाकारज्युहरुलाई प्रस्तुती सकिएपछि प्रमाण पत्र बितरण गरिएको थियो।

IMG 20250725 WA0123

सांस्कृतिक कार्यक्रम संगसंगै कार्यक्रममा याःलाङ् (धान नाच)ले कार्यक्रमको रौनक बडाएको थियो। अन्त्यमा कियाचु केःलाङ् कलाकार ज्युहरुलाई धन्याबाद दिदै सभापति ज्युद्वारा बिधाइ गर्नु भएको थियो।

 

 

 

 

 

 

 

Related posts