सुर्खेतमा आफ्नै श्रीमतीको हत्या पछि प्रहरीलाई फोन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय दान सिंह ठाडाले आइतबार विहान १:३० बजे आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका हुन्।

हत्या गरे लगत्तै ठाडाले प्रहरीलाई स्वयं फोन गरी घटनाको जानकारी दिएका थिए। उनले फोनमा भनेका थिए, “सर, श्रीमती मारिसके, पक्राउ गर्न आउनुहोस्।” उनले आफ्नो घरको ठेगाना पनि प्रहरीलाई बताए पछि प्रहरी घटनास्थल पुगेर उनलाई नि’यन्त्रणमा लिएको हो।

हत्याको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Related posts