गडहिया डुमरिया जोडने मनुश्मारा खोलाको पुल बन्ने निश्चित: वीरेन्द्र प्रसाद सिंह

सर्लाही, साउन १२ । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको विशेष पहलमा गृह जिल्ला सर्लाहीको सर्लाहीको रामनगर गाउँपालिका अन्तर्गत पर्ने मठ टोल देखि गडहिया डुमरिया जोडने मनुश्मारा खोलाको पुल बन्ने निश्चित भएको छ।

आज नेता सिंह र  सडक डीभिजन प्रमुख सहितको प्राबिधिक टोलि समेत  स्थलगत निरीक्षन तथा स्थानीय संग छलफल समेत गर्नु भएको  पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहको स्वकिय सचिव निकेश त्रिपाठीले बताए। पुल नहुँदा विशेषगरी बर्खायाममा स्थानीयले निकै सास्ती खेप्नुपरेको थियो,’ ‘पुल बनेपछि मानिस हिँड्न र सवारीका साधन आउ–जाउ गर्न सहज हुनेछ।’  पुल नहुँदा बर्खायाममा बालबालिका विद्यालय आउ–जाउ गर्न र दैनिक उभोग्य सामग्री ढुवानीमा निकै समस्या भइरहेको स्थानीयले गुनासो गरे।

‘अब चाहिँ पुलको सपना चाँडै पूरा हुने भएकाले स्थानिय निकै हर्षित छ ,’  नेपाली कांग्रेसका नेता एवम रामनगर गाउँपालिकाका मेयर प्रत्यासी हरिन्दन यादवले बताए , ‘पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहकले निरीक्षण गरेपछि  आएर  निर्माण पनि समयमै सकिन्छ भन्ने थप विश्वास पलाएको छ।’

Related posts