धर्म परिवर्तनका घटना बारे संयुक्त छानबिन समिति आवश्यक: शाह

कपिलवस्तु । नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले भारत–नेपाल कपिलवस्तुको सीमा क्षेत्रमा बढ्दै गइरहेका जबरजस्ती धर्म परिवर्तनका घटनालाई गम्भीरताको साथ लिएर दुई देशका सरकारले संयुक्त रूपमा छानबिन समिति गठन गर्नु पर्ने बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा पत्रकार सम्मेलनको आयोजना गरेका उनले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा भारतीय सीमावर्ती जिल्ला बलरामपुरमा हिन्दु धर्मका महिलाहरूलाई विभिन्न प्रलोभन देखाई धर्म परिवर्तन गराइएको विषयमा भारतीय सञ्चारमाध्यममा दिएको आफ्नो अभिव्यक्तिलाई व्यक्तिगत विचारको रूपमा बुझन उनले आग्रह गरे ।

कुनै प्रतिष्ठित व्यक्तिलाई भन्दा पनि समग्र घटनालाई जोडेर आफूले सो बयान दिएको उनले प्रस्ट्याए । भारतमा भएको घटनाले भारतमा मात्रै नभई नेपालमा समेत प्रभाव पारेको देखिएकाले धर्म परिवर्तनका घटना बारे नेपाल र भारत सरकारले संयुक्त रूपमा छानबिन समिति गठन गरी यस्ता अपराध न्यूनीकरणमा तत्परता देखाउन उनले माग गरे ।

WhatsApp Image 2025 08 01 at 17.50.44

Related posts