बुटवल उपमहानगरपालिकामा आइतबार सार्वजनिक बिदा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले यही साउन २५ गते आइतबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

उक्त दिन गाईजात्रा (सापारु) पर्व  परेको हुँदा सार्वजनिक बिदा दिने निर्णय गरेको बुटवल उपमहानगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।

नगरपालिका एक दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार बुटवलमा आइतबार  उपमहानगरपालिका मातहत कार्यालय ,शैक्षिक संस्थाहरू बन्द रहने मेयर खेलराज पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Messenger_creation_36BB6620-2474-40B5-BDE7-63D70ECDBE2D

 

 

Related posts