छोटौल गाविसका तत्कालीन अध्यक्ष गौरीशंकर साहको निधन, गापाको अध्यक्षद्वारा दुःख व्यक्त 

सर्लाही,भदौ ७ । सर्लाहीको तत्कालीन छोटौल गा.वि. सका अध्यक्ष तथा नेपाली काँग्रेसका नेता गौरीशंकर साहको करीब ७२ वर्षको उमेरमा निधन भएकाे छ । पुर्व गाविस अध्यक्ष समेत रहेकाे साहको भारतको पटनामा उपचारको क्रममा निधन भएकाे थियाे । साहको हिन्दु परम्पाअनुसार आज शुक्रबार अन्त्येष्टि समेत गरिएकाे गरिएकाे छ ।

त्यस अघि साहलाई पार्टीकाे झन्डा ओढाएर नेपाली कांग्रेसकाबाट निर्वाचित धनंकौल गाउँपालिका अध्यक्ष रामअस्रे साहले  श्रद्धान्जली अर्पण गरेका थिए ।लामो समयदेखि हटको रोगले पीडित उनको विभिन्न अस्पतालमा उपचार हुँदै आएको थियो । उनी पञ्चायती काल देखि नै राजनीतिमा लागेका थिए । उनी गाविस अध्यक्ष हुँदा आफ्नो गाउँको विकाससँगै पार्टीलाई एउटा अलग दिशामा अघि बढाएका थिए । वहाँको छोरा हाल  धनकौल गाउँपालिकाको कार्यपालिका सदस्य रमेश कुमार साह निर्वाचित भएका हुन्।अन्त्येष्टिमा सहभागि नेपाली कांग्रेसकाका नेता एवम

धनकौल गाउँपालिकामा अध्यक्ष रामअस्रे साहलें  नेता गौरीशंकर साहको  निधनले पार्टीलाई ठूलो क्षति पुगेकाे बताए ।उनको निधनले आफू निःशब्द भएको र आज पूरा गाउँपालिका नै शोकमा डुबेको नेपाली कांग्रेस धनंकौल गाउँपालिकाका नेता दीपेन्द्र साहले बताए।

Related posts