आई.एन.एफ. द्वारा हिमालीका बाढी पीडित घरधुरीलाई राहत वितरण

बाजुरा , भदौ ७ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ५ का बाढी पीडित घरधुरीलाई राहत वितरण गरिएको छ । हिमाली गाउँपालिकाको समन्वय र आई.एन.एफ. नेपाल बाजुरा शाखा सहयोगमा साउन २८ गते कुवाडी खोलामा आएको बाढीबाट प्रभावित ४७ घरपरिवारलाई त्रिपाल र खाद्यान्न सामग्री वितरण गरेको छन ।

राहत प्याकेजमा चामलको बोरा, दाल, तेल, नुन र त्रिपालल गायतका आवश्यक सामग्री बितरण गरिएका थिए । आई.एन.एफ. नेपाल बाजुरा शाखाले ३१ वटा आंशिक क्षति भएका घरपरिवार र ११ वटा पूर्ण क्षति भएका घरपरिवारलाई राहत वितरण गरेको आई.एन.एफ. नेपालका सहायक परियोजना अधिकृत शंकर उखेडाले बताउनुभयो ।

विगत ७ वर्षदेखि हिमाली गाउँपालिकामा कार्य गर्दै आएको आई. एन. एफ. नेपालले हाल नयाँ परियोजना सञ्चालन गरिरहेको छ । बाढीबाट सबैभन्दा बढी प्रभावित भई खेतीयोग्य जमिन र घरहरु क्षति भएका घर परिवारलाई भविष्यमा जीविकोपार्जनका गतिविधि मार्फत सहयोग गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ ।

राहत वितरण कार्यक्रमले बाढी प्रभावित समुदायलाई तत्कालीन सहायता प्रदान गर्नुका साथै उनीहरूको जीवनलाई सामान्य अवस्थामा फर्काउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

घरपरिवार बस्ने घर पुरै बाढीले बगाउँदा समस्या परेका थियौं । बस्ने बास र खाने चामल समेत नहुदा परिवार बिचल्लीमा परेका थियौं । आज आई. एन. एफ. नेपालले बस्ने त्रिपाल , चामल, तेल , नुनु र दाल सहित सहयोग गर्दा खुसी भएका हिमाली गाउँपालिका – नदपाटा गाउँकि मुगा लवारले बताउनुभयो ।

पीडित परिवारले पाए जस्तो संस्थाले पीडित परिवारलाई मलम लगाउन दिए जस्तो फेरि पनि यस्तै राहत सहयोग गर्नुहोला । हामीले पालिकाबाट गर्न सकिने सहयोग गरेका छौँ । अझै सहयोगका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई पहल गरिरहेका हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

उक्त राहत कार्यक्रमको अध्यक्षतामा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल रहनु भएको हो । अतिथि उपाध्यक्ष राजकला सार्की, विपद् जोखिम न्यूनीकरण (डीआरआर) फोकल व्यक्ति जयेन्द्र मल्ल र वडा वडाध्यक्ष प्रदीप थापाको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालक आई.एन.एफ. नेपालका सहायक परियोजना अधिकृत शंकर उखेडाले गरेका गरेका थिए ।

Related posts