
कविराज राजवंशी प्रवास दुवई यूएई
संयुक्त अरब इमिरेट्सको दुबईमा १९, मङ्गलबार २०२५ को दिन बरदुबई स्थित P&D गाउबेसी रेस्टुरेन्टमा नेपाल आदिवासी जनजाति महासंघ युएई द्वारा माननिय, आवास तथा भौतिक योजना, संघिय मामिला तथा सामान्य प्रशाषन पुर्व मन्त्री श्री राजेन्द्र प्रसाद श्रेष्ठ ज्यूलाई स्वागत सम्मान गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरीयो।

उक्त कार्यक्रम संस्थाको अध्यक्ष श्री भागरथी कुमार भगत ज्यूको सभापतित्व मा भएको थियो भने WORLD NEWA CONVENTION कार्यक्रम को लागी नेपाल बाट पाल्नु भएको माननिय, आवास तथा भौतिक योजना, संघिय मामिला तथा सामान्य प्रशाषन पुर्व मन्त्री श्री राजेन्द्र प्रसाद श्रेष्ठ ज्यू को प्रमुख आतिथ्य तथा बिशेश अतिथिको रुपमा नेवा: पुच: धेदुङ केन्द्रीय अध्यक्ष श्री पवित्र बज्राचार्य ज्यू र नेपाल आदिवासी जनजाती महिला संघका केन्द्रीय अध्यक्ष श्री रिशा श्रेष्ठ ज्यूको उपस्थिति रहेको थियो। भने कार्यक्रम सन्चालन NEFIN UAE की महासचिव श्री मनिषा लिम्बु ज्यूले गर्नु भएको थियो। त्यसैगरी स्वागत मन्तब्य संस्थाकै उपाध्यक्ष श्री धन कृष्ण राईले राखेका थिए।

साथै संस्थाको संरक्षक श्री प्रमोद श्रेष्ठ ज्यु, टंक थापा मगर ज्यु , प्रवासी भुजेल सेवा समाज समितिको अध्यक्ष श्री तुल घर्ति भुजेल सुनुवार सेवा समाजका अध्यक्ष श्री नर बहादुर सुनुवार फोनिज युएईका अध्यक्ष श्री फलेन्द्र बलाम्पाकी मगर ज्यु लगायत कार्यसमितिका सदस्यहरुको पनि उपस्थिति थियो।

उक्त अवसरमा प्रमुख अतिथि ज्यु ले आदिवासी जनजाति हरुको अधिकार ,संघियता तथा समाशी लोकतन्त्र को बिश्लेषन र उहाको योगदान बारे कुरा बृफिङ गर्नु भयो। बिशेष अतिथी श्री पवित्र बज्राचार्य ज्यु ले आदिवासी जनजातिहरु नाचगानमा मात्र सहभागी नभएर सामजिक कार्यहरु गर्न सुझाव दिनुभएको थियो। र रिशा श्रेष्ठ ज्यु ले आदिवासी जनजाती महिलाको अधिकार र भुमिका बारे बोलु भएको थियो। अन्तमा कार्यक्रमका सभापति श्री भागरथी कुमार ज्युले समापन गर्नु भयो।






