जनकपुरधाममा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त

जनकपुरधाम । गणेशको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच झडप भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० झण्डाचोकमा गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच झडप भएको हो।

दुई समुदायबीच वादविवाद भएको र त्यसक्रममा ढुङ्गामुढासहित झडप चर्किएको प्रहरीले जनाएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन चार राउन्ड अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए।

हाल सो क्षेत्र तनावग्रस्त रहेको र कुनै अप्रिय घटना नहोस् भनेर नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको उनले बताए। झडपमा घाइते भएकाको विवरण अहिलेसम्म नआएको प्रवक्ता सिंहले बताए।

Related posts