काठमाडौँ, भदौ १८ । नेपालले घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको उद्घाटन गर्दैछ । ताजकिस्तानको राजधानी डुसान्बेस्थित पामीर रङ्गशालामा हुने उक्त खेलम नेपाली समयअनुसार आज राति ८ः१५ बजे हुनेछ । उक्त प्रतियोगितामा नेपाल समूह ‘के’ मा परेको छ । नेपालको समूहमा ताजिकिस्तानसँगै फिलिपिन्स र सिरिया रहेका छन् ।
नेपाली टोलीको गोलकिपरमा कृशल मोक्तान, अमित टमाटा र विशाल केसी छन्भने डिफेन्डरमा विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शङ्कर थारु र सेमान्ता थापा छन् ।त्यसैगरी मिडपिल्डरमा अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ छन् । फरवार्डमा रोहन खड्गी र निराजन धामी छन् ।






