३२ लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

तनहुँ, भाद्र २० । भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा रु ३२ लाख ४५ हजारको लागतमा चारकोठे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ।

सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गरेको रकमबाट भवन निर्माण गरिएको वडासदस्य दयाराम श्रेष्ठले जानकारी दिए।

केन्द्रबाट भिमाद नगरपालिका–१ डुम्रीबेँसी, घिरिङ गाउँपालिका–२, स्याङ्जाको हरिनास, चापाकोटका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन्। अब यहाँका बासिन्दा अपायक बोमाटारमा स्वास्थ्य केन्द्र पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्।

Related posts