जुम्लामा भेटिएको सकेट बम सेनाले पार्‍यो निष्क्रिय

जिल्ला समन्वय समिति जुम्लाको कार्यालय परिसरमा बम फेला परेको थियो। यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी असिम हमालले बम नेपाली सेनाले डिस्पोज गरेको बताए ।

1757244473 Bom1

बम भेटिएपछि सेनाको टोली बिहानै जिल्ला समन्वय समितिको कार्यालयमा पुगेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि बम भेटिएको स्थानमा पुगेमा थिए ।

शनिबार बेलुकी समन्वय समितिको पर्खाल बनाउने कामदारले सकेट बम फेला पारेका थिए । जिल्ला समन्वय समितिका प्रमुख आचार्यले सकेट बम फेला पर्ने बित्तिकै प्रहरी र सेनालाई खबर गरेको बताए।  

सेनाले बम डिस्पोज गरेपछि कर्मचारीले सुरक्षित महसुस गरेका आचार्यले बताए । यो सकेट बम संकटकालमा माओवादीले छाडेको हुन सक्ने आशंका गरिएको छ ।

Related posts