रुसले लगातार सीमा विस्तार गरिरहेको जेलेन्स्कीको आरोप

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस लगातार आफ्नो सीमा विस्तारमा सक्रिय रहेको आरोप लगाएका छन्अघिल्लो रात भएको ड्रोन आक्रमण यसको एउटा उदाहरण रहेको पनि जेलेन्स्कीले जिकिर गरेका छन् ।उनले भने, ‘रातभर भएको हमलामा १५ क्षेत्रलाई निशाना बनाइएको थियो, जसमा ४१५ ड्रोन र ४० भन्दा बढी क्रुज तथा ब्यालेस्टिक मिसाइल प्रहार गरिएको थियो ।’

रुसले हमेसा सीमा विस्तार गरिरहेको जिकिर गर्दै जेलेन्स्कीले कडा प्रतिवाद नगरेको खण्डमा अझ धेरै भूभाग कब्जा गर्ने खतरा औँल्याए ।रुसले पोल्याण्डको हवाई क्षेत्र हुँदै कैयौँ ड्रोन उडाएको युक्रेनको दाबी छ । पोल्याण्डका सहयोगी नेटो सदस्य मुलुकले रुसबाट पोल्याण्डको हवाई क्षेत्रमा ड्रोन उडाएको घटनाको निन्दा गरेका छन् ।

Related posts